डेंगुको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत डिस्चार्ज भएका छन् । उनको अवस्था सामान्य बनेसँगै अस्पतालले डिस्चार्ज गरेको हो ।
डेंगुको संक्रमण देखिएपछि गत शुक्रबार रुइत नर्भिक अस्पताल भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भए पनि उनी तत्काल काममा फर्किने छैनन् । केही दिन आराम गर्न उपचारमा संलग्न चिकित्सकहरुले सुझाएका छन् ।
डेंगु लागेर रुइतसँगै अस्पताल भर्ना भएकी उनी छोरी पनि डिस्चार्ज भएकी छन् भने भान्जी भने अझै अस्पतालमै उपचाररत छिन् ।