पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका–९ शान्तिवनबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने गौतम थापा, सोही महानगरपालिका–२ अर्चलबोट बस्ने रोहीत सुनार, सोही महानगरपालिका–८ बस्ने बासुदेब पोखरेल र सोही महानगरपालिका–१० बस्ने प्रेम बहादुर थापा रहेका छन्।
अपहरणमा प्रयोग गरिएका सवारी साधनहरु सहित प्रहरीले ४ जनालाई संग प्रहरीले पक्राउ गरेको हो।
निर्माण व्यवसायीलाई सोही महानगरपालिका–९ नयाँबजारबाट केही व्यक्तिले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।