बलात्कारको आरोपमा बैतडीबाट एक इन्जिनियर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इन्जिनियर २७ वर्षीय रोशन चन्द रहेको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीय १७ वर्षीया किशोरीलाई बलात्कार आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । चन्दमाथि सोमबार किशोरीलाई ललाईफकाई डडेल्धुरा लगी बलात्कार गरेको जाहेरी आएपछि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीको भनाइ छ ।
किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा नै पठाइने प्रहरीको भनाइ छ ।