विगत दश वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय र क्रियाशील एजुकेशन एण्ड माइग्रेशन कर्नरले उच्च शिक्षा अध्यनको लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीका लागि लक्षित गरी आगामी शुक्रबारदेखि राजधानीको शंकरदेव कलेजसंगै रहेको आफ्नै भबनमा अष्ट्रेलियन एण्ड क्यानेडियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ।
कर्नरका सिड्नी निर्देशक सुनिल उप्रेतीका अनुसार यसअघि विर्तामोड र दमकमा सम्पन्न भएको यो फेयरबाट धेरै विद्यार्थी लाभान्वित भइसकेका छन्। बढी भन्दा बढी र सबै क्षेत्रका विद्यार्थीले उच्च शिक्षा अध्यनका बारेमा जानकारी पाउन् भन्ने उद्धेश्यले फेयर आयोजना गर्न लागिएको बताए।
फेयरमा अष्ट्रेलिया र क्यानडासहित एक दर्जन कलेज तथा युनिभर्सिटीको सहभागिता रहने समेत बताइएको छ।
फेयरमा विद्यार्थीहरुले अष्ट्रेलिया र क्यानडा लगायत आयोजक संस्थाका शैक्षिक विज्ञहरुसंग सिधा सम्पर्क राख्न पाउने र कलेज तथा युनिभर्सिटीको बारेमा प्रत्यक्ष जानकारी लिन पाउने भएकाले पनि यो फेयर विद्यार्थीका लागि उपयोगी हुने एजुकेशन एण्ड माइग्रेशन कर्नरको विश्वास छ। फेयरमा सहभागी हुन आउने विद्यार्थीका लागि विभिन्न उपहारको व्यबस्था समेत गरिएको संस्थाले जनाएको छ।