वसन्तपुरमा महाकाली नाच देखाउन सुरु गरिएको छ । असत्यमाथि सत्यको जितको प्रतीक स्वरुप इन्द्रजात्राको लिंगो ठड्याएपछि ८ दिन हरेक साँझ देखाइन्छ ।
इन्द्रजात्राका क्रममा कुमारी, गणेश र भैरवलाई तीन दिन सहर परिक्रमा गराइन्छ । यी तीन महाकाली नाच पनि देखाइन्छ । भक्तपुरको ‘महाकाली प्याखँ’ लगायत समूहले वसन्तपुरमा महाकाली नाच देखाउँछन् । महाकाली नाच करिब २ घण्टाको हुन्छ । महाकाली नाच ९ बाजा र ९ रसमा नाचिन्छ ।
यसमा विभिन्न देवीदेवताको नाच हुन्छ । यो नाच कहिलेबाट सुरु भयो भन्ने आधिकारिक अभिलेख छैन । यद्यपि लिच्छविकालदेखि सुरु भएको र मल्लकालदेखि व्यवस्थित गरिएको बुढापाकाहरु बताउँछन् ।