भरतपुर महानगरपालिका ५, कैलाशनगरबाट दुई दिनअघि (भदौ १९ मा) हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घरनजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिका भदौ १९ मा आफ्नै घरबाट हराएकी थिइन् । उनी शनिबार बिहान घरनजिकैको नहरमा भेटिएकी थिइन् ।
उनलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो । लगत्तै उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।