भैरहवामा भएको सबारी दुर्घटनामा घाइते एक दम्पत्तिको उपचारका क्रममा निधन भएको छ।
रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ३ का ५८ बर्र्षीय प्रेमजित थारु र उनकीे श्रीमति ५६ बर्षीया बासमति थारुको उपचारको क्रममा मृत्यु भएको हो।
थारु दम्पत्ति चढेको मोटरसाईकललाई भारतीय नम्बर प्लेटको कारले ठक्कर दिएपछि घाइते थारु दम्पत्तिको उपचारका क्रममा निधन भएको हो।
भैरहवाबाट बुटवलतर्फ आउदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाईकललाई सोही दिशामा आउदै गरेको युपी १४ सिबि ००८८ नम्बरको भारतीय कारले ठक्कर दिएपछि उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
ठक्कर दिने भारतीय गाडी र चालकलाई प्रहरी नियन्त्रणमा लिइएको उनले जानकारी दिए।