प्रहरीले कृष्णनगरबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका १, सेमराका १९ वर्षीय अंकित यादव र पाल्पा तानसेन नगरपालिका १०, तेल्घा घर भई अहिले कृष्णनगर २ बस्ने २३ वर्षीय प्रकाश कुवँर छन् ।
उनीहरुको साथबाट नाइट्राभेट २ पत्ता, स्पास्मो ३ पत्ता र कोरेक्स १०० एमएलको १ सीसी बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- नारद कोहार