ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको छ। ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो।
पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गरेको समाचार सार्वजनिक भएकाे थियो।
कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर। ७ करोडभन्दा बढीको तमसुक गरेको आरोप छ। न्याय खोज्दै पीडित काठमाडौं आएपछि घटना बाहिरिएको थियो। पीडितले ऋण बुझाइसक्दा पनि अनावश्यक तनाव दिएको आरोप लगाएका छन्। अन्नपूर्ण पाेस्टमा खबर छ।