पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सैनामैना नगरपालिका १, वनकट्टामा बुलेरो गाडीले ठक्कर दिँदा शनिबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सैनामैना नगरपालिका १ की ६५ वर्षीया नन्दकली सुवेदी रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.१ज १७४६ नम्बरको बुलेरोले सडकछेउ हिँडिरहेकी सुवेदीलाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि सख्त घाइते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । -रासस