आइ केयर फाउन्डेनन, नेदरल्यान्डको ३५ औं वार्षिकोत्सवको अवसरमा पोखरामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ ।
नेपाल नेत्र ज्योति संघसँगको सहकार्यमा फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, नेपाल नेत्र ज्योति संघ काका संस्थापक अध्यक्ष नन्द श्रेष्ठ, आई केयर फाउन्डेसनका पूर्व सम्पर्क अधिकृत रत्नमान प्रधान, अस्पतालका चिफ मेडिकल डाइरेक्टर इन्द्रमान महर्जन, युद्धबीर सापकोटा लगायत १२ जनालाई सम्मान गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं कार्यवाहक मुख्य मन्त्री किरण गुरुङले पोखराको हिमालय आँखा अस्पतालको स्तरवृद्धिका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले नेपालमा आँखा स्वास्थ्यका क्षेत्रमा आई केयर फाउन्डसेन नेदरल्यान्डले महत्वपूर्ण योगदान पुर्याएको बताउँदै पोखरामा हिमालय आँखा अस्पतालको स्थापनामा गरेको योगदान प्रशंसायोग्य भएको धारणा राखे ।
कार्यक्रममा आई केयर फाउन्डेनका प्रमुख कार्यकारी अधिकृत ब्जोर्न स्तेन्र्वेस (Bjorn Stenvers) फाउन्डेननका नेपालका आयोजना निर्देशक अनिल गोर्खाली, नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष डा. तीर्थ मिश्र, संघ कास्की अध्यक्ष कृष्णबहादुर गुरुङ, हिमालय आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर इन्द्रमान महर्जन लगायतले आँखा स्वास्थ्यका क्षेत्रमा आई केयर फाउन्डेसनले गरेको योगदान लगायतका विषयमा बोलेका थिए ।