अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल प्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित पक्राउ गरेको छ ।
बिहीबार मालपोत कार्यालय बुटवल, अगाडि रहेको ढकाल पाण्डे लेखापढी सेवाबाट सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्यितारको टोलीले रंगेहात पक्राउ गरेको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
उनीहरुलाई दिउसो साढे १२ बजे पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको भुसालले जानकारी दिए । केही दिन अगाडि राष्ट्रिय अनुसन्धानका कर्मचारी विरेन्द्र पाण्डेलाई पनि अख्यितारले घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।