नेपाल प्रहरीमा ३,८३१ जनाका लागि रोजगारी खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीका लागि विज्ञापन गरेको हो ।
गोरखापत्र दैनिकमा शुक्रबार सूचना प्रकाशन गरी नेपाल प्रहरीले योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्तका लागि अनुरोध गरेको छ ।
विज्ञापन अनुसार सबैभन्दा बढी प्रहरी जवान जनपदमा ३,५९६ जना मागिएको छ । त्यस्तै प्रहरी कार्यालय सहयोगी भान्छेका लागि १८०, हजाम १० जना, कुचिकार २० र खेलाडी २५ जना माग गरिएको छ ।
प्रहरी जवान र कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिनेछ।
भर्ना हुन चाहनेले भदौ ९ देखि असोज १३ सम्म सम्बन्धित कार्यालयमा कार्यालय समयभित्र दरखास्त फाराम लिन तथा बुझाउन सक्ने प्रहरीले जनाएको छ ।
हेर्नुहोस् सूचना ।