झुटो विवरण पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका १० का बुद्धिबहादुर प्रजा छन् भने अर्का व्यक्तिको वास्तविक परिचय खुल्न सकेको छैन ।
सुकदेउ प्रजा र हीरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा पक्राउ परेका दुवैलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
बुद्धिबहादुरसँग झुक्याएर नागरिकता लिएका व्यक्तिको विवरण प्रहरीले खुलाएको छैन । झुक्याएर नागरिकता लिएको प्रमाणित भएमा नागरिकता खारेज हुनसक्ने कानुनी प्रावधान छ ।