अछामको बान्नीगढी जयगढ गाउँपालिकामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जीप जयगढ–माँझेठाना सडक खण्ड अन्तर्गत सुकिबाग डिल्लीबजारनजिक सडकबाट करिब ५ सय मिटर तल खसेको हो।
एकको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित तीन जना घाइते छन्।
बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारको घटनास्थलमै र सोही ठाउँका काले परियार र बैतडी घर भै अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए।
घाइतेहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ।