न्यूज ट्वेन्टी फोरका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा चितवन एसपी दानबहादुर मल्ल, जनआस्थाका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाबिरुद्धकाे जाहेरी काठमाडौँ प्रहरीले लिन अस्वीकार गरेको छ।
जाहेरी दर्ताका लागि बुधबार टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी निकितालाइ चितवन प्रहरीमा चलिरहेको मुद्दाका विषयमा काठमाडौँमा जाहेरी लिन नमिल्ने उल्लेख गर्दै फर्काइदिएको हो।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाइ प्रहरीले अदालतबाट दुइ पटक म्याद थप गरि अनुसन्धान गरिरहेकाेछ । रविलाइ फसाउन खाेजिएकाे भन्दै उनकाे समर्थकहरूले जिल्ला प्रहरी कार्यालय चितवनमा प्रदर्शन जारी राखेका छन् ।
पुडासैनीलाई आत्महत्या गर्न उक्साएको अभियोगमा रवि लामिछानेसहित तीन जना काठमाडाैबाट पक्राउ चितवन लगिएकाे हाे ।
यसैबीच प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफूसहित तीनजना बिरुद्ध जाहेरी दर्ता गर्न खोजेको घटनाले आफ्नो मानमर्दन भएको बताएका छन्।
उनले बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै ‘शालिकराम प्रकरणको भिडियो उनकै परिवारबाट पाएर समाचार प्रकाशन /प्रशासन गरेको’ उल्लेख गरेका छन्।