सिंहदरबारमा रहेको राष्ट्रिय योजना आयोगमा कार्यरत नासु बच्चु केसी मृत भेटिएका छन् । कार्यालयको कोठामा उनी मंगलबार बिहान मृत भेटिएका हुन् ।
घटनास्थल पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा केसीले विष सेवन गरी आत्महत्या गरेको शंका छ । नासु केसी गएरातिदेखि कार्यालयमै रहेको र उनले राति नै विष सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
१० बजेपछि कार्यालय पुगेका सहकर्मीले नासु केसीलाई मृत देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।