बागमती, विष्णुमतीलगायतका उपत्यकाभित्रका मुख्य नदी र अन्य सहायक नदी नियन्त्रणका लागि मात्रैकरिब ५० अर्ब १० करोड लागत लाग्ने देखिएको छ।
बागमती, विष्णुमती तथा अन्य प्रमुख सहायक नदीलाई सफा, सुन्दर र हरियाली बनाउने उद्देश्यले नदी नियन्त्रण, ढल व्यवस्थापन र करिडोर सडक निर्माणका लागि ५० अर्बभन्दा बढी लागत लाग्ने सरकारी अध्ययनले देखाएको छ।
बागमती संरक्षण गर्ने मुख्य क्षेत्राधिकार पाएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार वागमती नदीलगायत अन्य सहायक नदीमा हालसम्म७५ किलोमिटर ढल विस्तार, ४० किलोमिटर नदी नियन्त्रण र १६ किलोमिटर करिडोर सडक निर्माण भइसकेको छ। सरकारले नदीको व्यवस्थापन गर्दै सफा सुन्दर र हरियाली बनाउने लक्ष्य लिएको छ।
उपत्यकामा बढ्दो जनसंख्याको चाप, अव्यवस्थित सहरीकरण तथा बागमती नदीमा ढल मिसाइएका कारण नदी दुर्घन्धित र फोहोर भएपछि सरकारको ध्यान जान थालेको हो। ढल व्यवस्थापन हुने हो भने नदी प्रदूषण नियन्त्रण हुने र नदीलाई स्वच्छ राख्न सकिने समितिले बताएको छ। काराेबार दैनिकमा खबर छ।