यातायात व्यवस्था विभागको महानिर्देशक फेरिएका छन् । एक साताअघि महानिर्देशक कुमारप्रसाद दाहाल विभाग सरुवा भएपछि पद रिक्त थियो ।
विभागमा सोमबार महानिर्देशकका रुपमा गोगनबहादुर हमाल आएर कार्यभारसमेत सम्हालिसकेका छन् । विभागको कार्यकक्षमा विभिन्न शाखाका कर्मचारीले हमाललाई स्वागत गरेका थिए ।