प्रहरीले पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा पुनः सुरक्षागार्ड कान्छाराज तामाङलाई पक्राउ गरेको छ ।
तामाङविरुद्ध झा पत्नी ज्ञानुले दिएकाे किटानी जाहेरीकाे अाधारमा उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। यसअघि पनि अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरिएको थियो ।
जिल्ला अदालत काठमाडौँले थप अनुसन्धानका लागि ७ दिनकाे म्याद थप गरेकाे छ।तामाङ सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए ।गत वर्ष ४ भदौमा ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो ।