भारतको जम्मु–कश्मीरको राजौरीमा पाकिस्तानी सेनाको गोली प्रहारबाट एक भारतीय नेपालीको मृत्युभएको छ। नौशेरा सेक्टरको सीमामा शनिबार बिहान साढे ६बजे पाकिस्तानी सेनाले गरेको फायरिङमा सेनाका लान्स नायक सन्दीप थापाको मृत्युभएको हो।
३५ वर्षीय थापा देहरादूनका हुन्। त्यसको जवाफमा भारतीय सेनाले पाकिस्तानी सेनाको चौकी ध्वस्त पारेको भारतीय सन्चारमाध्यमले जनाएका छन्। पाकिस्तानी सेनाले २ दिनअघि सीमा क्षेत्रमा आफ्ना ५ सैनिक मारिएको जनाएको थयो।
रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले पाकिस्तानका तर्फबाट साना हतियारबाट फायरिङ भएको जनाए।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले थापाको निधनप्रति दुःख व्यक्त गर्दै राज्य पीडित परिवारको साथमा रहेको बताए। उनले राज्यले थापाको परिवारलाई यथासक्य सहयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन्।