सप्तरीको कञ्चनरुप गाउँपालिकामा शनिबार बिहान भएको जिप दुर्घटनामा रुपन्देहीका पत्रकार डायलसन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
बा.१६च २२३५ नम्बरको जिप पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका ११, बक्साहामा दुर्घटना भएको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ का ३५ वर्षीय अधिकारी रेडियो नेपालमा कार्यरत थिए । घाइतेमध्ये चालक अशोक भण्डारीको अवस्था चिन्ताजनक छ । घाइतेहरुलाई उपचारका लागि विराटनगर लगिएको छ ।
उनको निधनप्रति पत्रकार क्षेत्रमा क्षतिपुगेको भन्दै शुभचिन्तकहरुले सामाजिक सञ्जालबाट पनि श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
पत्रकार अधिकारीको निधनप्रति नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पनि समवेदना प्रकट गरेका छन् । उनले फेसबुकमार्फत मृतक अधिकारीप्रति समवेदना प्रकट गरेका हुन् ।