पर्साको कालिकामाई ५ मा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । सामान्य विवादमा स्थानीय मुक्तिनारायण राउत कुर्मीले आफ्नै ३५ वर्षीया पत्नी संगीतादेवीको हत्या गरेका हुन् ।
पत्नी हत्या गर्ने मुक्तिनारायणलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । उनले सामान्य झगडामै धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । प्रहरीका अनुसार घटना भएका वेला ३ छोराछोरी पनि साथमै थिए ।