चितवन जिल्ला प्रहरी कार्यालय अगाडि रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएकाे छ ।
साँझ प्रहरी कार्यालयमा ढुंगामुढा भएको पछि प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेकाे छ । चौकीभित्र ढुंगा/मुढा हुँदा ७ जना प्रहरी घाइते भएकाे चितवन प्रहरीले जनाएकाे छ।
शुक्रबार दिनभरजसो रवि लामिछानेको समर्थकले विनासर्त रिहाइकाे माग गर्दै चितवनमा प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गरेका थिए ।
पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवनमा पुर्याएकाे छ।उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले ५ दिनकाे अनुमति दिएकाेछ ।