गैरआवासिय नेपाली संघका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले बर्ष २०१९ -२०२१ को लागि अन्तरास्ट्रिय समितिको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
संघमा सन २००७ देखि आबद्द थापा एनआरएनए नाइजेरियाको सस्थापक हुन् भने , त्यसपछि दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्षको पदावधि सम्पन्न गरेका छन्।
अफ्रिका महादेशमा एनआरएनए बिस्तारमा नेतृत्व गरेका थापाले यस अघि संघका सबै महत्वपूर्ण अभियानहरुमा सक्रियरुपमा योगदान गरेका छन्। कैलालीको टिकापुरका स्थायी बासिन्दा थापा बिगत १३ बर्षदेखि अफ्रिकाको नाइजेरियामा बस्दै आएका छन्।
समाज सेवा र साहित्यमा विशेष रुचि राख्नने थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्दार र सहयोगको समन्वय गर्ने ब्याक्तिको रुपमा परिचित छन्। दैबी बिपत्ति र एनआरएनका नेपाल प्रोजेक्टहरुमा त्यस क्षेत्रबाट सधै नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउनु हुने थापाले एनआरएनए अभियान सुदृढीकरण र बिकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाएका छ्न्। संघले संसार भरका गैरआवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनु पर्नेमा थापा प्रतिबद्ध छन्।