न्युज २४ मा कार्यक्रम सञ्चालक रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालत पुर्याएको छ।‘आत्महत्या दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि म्याद लिन अदालत लगिएको छ,’ चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए
अदातल लैजान लाग्दा उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय चितवन अघि जम्मा भएर प्रदर्शन गरेका थिए।
भीडले बिहीबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई रिहा गर्न माग गरेका छन् । लामिछानेका समर्थक र सर्वसाधारणको भीडका कारण जिल्ला अदालत लैजान मुस्किल परेकाे थियाे ।
अदालतमा उपस्थित गराएपछि हिरासतमा राखेर अनुसन्धान गर्ने कि साधारण तारेखमा छाड्ने भन्ने टुंगो लाग्नेछ । लामिछानेको पक्षबाट अधिवक्ता सुनील पोख्रेलसहित स्थानीय २ कानुन व्यवसायीले बहस गर्नेछन् ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो। पत्रकार पुडासैनीले गत साउन २० गते चितवनकै एक होटलमा आत्महत्या गरेका थिए ।
अभियोग प्रमाणित भएमा लामिछानेसहित अन्य ३ जनालाई ५ वर्षसम्मको जेल सजाय हुनेछ । नेपालमा आत्महत्या दुरुत्साहनको प्रावधानलाई गत वर्षको भदौ १ देखि लागू भएको नयाँ अपराध संहिताले समेटेको छ ।