नेपाल प्रहरीले ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयकाे सरुवा सूची अनुसार काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ ।
यस्तै, प्रहरी परिसर, लतिलपुरमा देवेन्द्र पाण्डेको सरुवा भएको छ भने लतिलपुरका नारायणप्रसाद चिमरियाको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा सरुवा भएको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उमेश लम्साल सरुवा गरिएका छन् भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा गरिएका छन् ।
यस्ताे छ सूची: