विद्यार्थीकाे सुसाइड नोटमा नाम उल्लेख भएपछि पक्राउ परेका शिक्षक हरिलाल जोशी ५ लाख धराैटी बुझाएर रिहा भएका छन् ।
कञ्चनपुर जिल्ला आदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले पाँच लाख धरौटी लिएर जोशीलाई रिहा गर्न आदेश गरेको हो ।बुधबार थुनछेक बहसपछि अदालतले जोशीसँग धरौटी लिन आदेश दिएको थियो ।
सुसाइड नोटमा शिक्षक जोशीको नाम उल्लेख भएपछि परिवारले उनको नाममा आत्महत्या दुरुत्साहनअर्न्तगत मुद्दा दायर गरेका थिए ।महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत छात्र सुरज लेखकले आफ्नो सुसाइड नोटमा शिक्षककाे नाम उल्लेख गरेका थिए ।
सो घटनापछि प्लस टु संयोजक समेत रहेका जोशीलाई लिटिल बुद्ध एकेडेमी विद्यालय व्यवस्थापन समितिको बैठकले बर्खास्त गरेको थियो ।