पत्रकार सालिकराम पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको छ। उनले आफैँले रेकर्ड गरेको भिडियोमा टाढिएकी प्रेमिकालाइ अघि सारेर आफूलाई तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका छन्।
उनले भिडियाेमा मलाइ मर्न बाध्य बनाउनेमा ती प्रेमिका,रवि लामिछाने र युवराज कँडेल हुन् भनेर नाम लिएका छन् । उनले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा संलग्न रहेको बेला आफूलाई धेरै शारिरीक तथा मानसिक दुर्व्यवहार भएको आरोप पनि लगाएका छन्।
प्रेमिकाको व्यवहार मन नपरेपछि उनले आफू टाढिएको समेत बताएका छन् । उनकाे भनाइमा टेलिभिजन छाड्ने मनस्थितिमा पुगेपछि युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवतीसँग भेट गराएका थिए ।
उनले आफ्नै व्यवसाय गरेर बसिरहेकाे बेलामा कर बल गरेर न्यूज टवेन्टी फाेरमा बाेलाएर काम लगाएकाे । सुरूमा पार्टटाइम काम गरेकाे अनि पछि आफ्नाै सबै काम छाडेर फूलटाइम काम गरेकाे । काम गर्दागर्दै छाडेर आउँदा रिन लागेकाे र बैकंलाइ महिनाभरिकाे तलब १८ हजार बुझाउनु मर्दाकाे पीडा पनि भिडियाेमा पाेखेका छन् । उनले आफू धेरै समयअघिदेखि नै डिप्रेसनमा रहेको पनि खुलाएका छन्।आत्महत्या गर्नु अघि पुडासैनीले श्रीमती र आमा/बुवासँग रूदै दुइ हात जाेडेर माफी मागेका छन्। दुइ हप्ताअघि उनले चितवनकाे एक हाेटलमा आत्महत्या गरेका हुन् ।
यसैबीच, गम्भीर आरोपको भिडियो सार्वजनिक भएपछि पत्रकार रवि लामिछानेले आरोप प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन्।
रविले सामाजिक सञ्जालमा लेखेका छन् ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउँदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्।
भिडियो सौजन्य : नेपाल आज