बाल मन्दिरबाटै बालबालिकाहरू बेचिने गरेकाे रहस्य खुलेकाे छ। बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचबिखनको आरोपमा पक्राउ परेका छन् । बेलायती नागरिक डिना स्मिथलाई निर्देशक डंगोलले बालिका लैजाने व्यवस्था मिलाइदिएको प्रहरीको आरोप छ ।
केही दिनअघि बच्चा लिएर बेलायत उड्न लागेकी स्मिथलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि बालिका बेचबिखनकाे रहस्य खुलेकाे हाे ।
स्मिथले बाल मन्दिरका निर्देशक डंगोलले किनेर धर्मपुत्रीका रुपमा आफ्नो देश लैजान सघाएको बयान दिएकी थिइन् । उनकाे बयानपछि प्रहरीले डंगोललाई साेमबार पक्राउ गरेको हो । प्रहरी स्राेतका अनुुसार डंगाेलले एक गर्भपतन केन्द्रमा जन्मिएकी ति बालिकालाई लैजान व्यवस्था मिलाएका थिए ।