सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा सात वटा गाई फसेका छन् । ती गाईहरु उक्त चट्टानमा कसरी फसे त्यो भने अहिलेसम्म जानकारी आएको छैन ।
तल सेती नदी तथा माथि भिर भएको उक्त ठाउँमा गाई कहिलेबाट फसेका हुन कसैलाई जानकारी भने छैन । सेती नदीको किनारमा भएको चट्टानमा फसेका गाईको उद्धारका लागि प्रयास भइरहेको डोटीका प्रजिअ टेकनारायण पौडेलले बताए । उद्धारका लागि प्रहरी तथा सशस्त्र प्रहरी खटिएका छन् । फसेका गाईमध्ये केही दुधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको छन् ।
दीपायल पिपल्लास्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु सङ्कलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।