बहुविवाह गरेको आरोपमा रत्ननगर नगरपालिका ९ का राजेश गुरुङ र भरतपुर महानगरपालिका १ की रश्मी सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङ अहिले चितवनको लायन्स चोकमै बस्दै आएका थिए । उनीहरु दुवैलाई राजेशकी जेठी पत्नीको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेको दुवैमाथि थप अनुसन्धान भइरहेको छ ।