प्रदेश २ सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने घोषणा गरेको छ । हिन्दुधर्मालम्बीको पर्व रक्षाबन्धन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत मुख्यमन्त्री लालबाबु राउतले जनाएका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षोल्लास साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोधसमेत गरेका छन् ।
प्रदेश २ ले रक्षाबन्धनका अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।