कास्कीको पोखरा महानगरपालिका न्यूरोडमा भीषण आगलागी हुँदा ३२ वटा सटर जलेर नष्ट भएका छन् । भाटभाटेनी सुपरमार्केट नजिकैको जोडिएको एस मार्केटमा मंगलबार अपरान्ह आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि स्थानीयवासी र सुरक्षाकर्मी खटिनुका साथै ३ वटा दमकल र आधा दर्जन ट्यांकर प्रयोग गरिएको थियो। आगलागीबाट भएकाे क्षतिकाे सम्पूर्ण विवरण भने आउन बाँकी छ ।