अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेको नाममा ‘सुसाइड नोट’ लेखेर मालपोत कार्यालय कलंकीका पूर्वकर्मचारी हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन्।
उदयपुरको त्रियुगा नगरपालिका १० का ५५ वर्षीय आचार्यले अख्तियार प्रमुख घिमिरेको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिकृष्ण केसीका अनुसार ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म ठूलो भ्रष्टचारी होइन’ भन्ने सुसाइड नोट फेला परेको छ। केसीका अनुसार उनले झुण्डिएर आत्महत्या गरेका हुन्।
सुसाइड नोटमा लेखेका छन्, ‘यो सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन। तर म देशको ठूलो भ्रष्टाचारी भएँ। अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस्।’
साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिर निस्किएका उनी त्रियुगा नगरपालिका ९, रातमाटेस्थित जंगलमा झुन्डिएको अवस्थामा आइतबार फेला परेका थिए।