प्रदेश १ का ४ पहाडी जिल्ला जोड्ने सिद्धिचरण लोकमार्ग नियमित भएको छ । बाढी पहिरोले गत असार २८ देखि अवरुद्ध भएको उदयपुर, सोलु, ओखलढुंगा र खोटाङसँग यातायात जोड्ने यो राजमार्ग हिजो (शनिबार) देखि नियमित भएको हो ।
उदयपुरको कटारी–घुर्मी खण्डको कटारी नगरपालिका ११ स्थित ठाँटी भञ्ज्याङमा पहिरोले सडक बगाएपछि अवरुद्ध भएको थियो । लाहान सडक डिभिजन कार्यालयको प्रयासपछि सडक सञ्चालन गर्न सफल भएको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । पहिरोले सडकको ४ सय मिटर ट्र्याक नै बगाएपछि एलाइमेन्ट नै परिवर्तन गर्नुपर्ने भएकाले केही ढिलाई भएको नगरप्रमुख श्रेष्ठले बताए ।
सडक अवरुद्धसँगै यी जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री अभाव थियो । बिरामीलाई उपचारका लागि आवतजावत गर्न धौधौ थियो ।
मिर्चैया–कटारी २६ किमि र कटारीदेखि घुर्मीसम्म ४६ किमि सडकमध्ये अधिकांश भाग कटारी नगरपालिका क्षेत्रमा पर्छ । चुरे पहाडदेखि सुनकोसी किनारको घुर्मीसम्म कटारी नगरपालिबाटै सिद्धिचरण राजर्माग विस्तार भएको छ । कटारी नगरपालिकाकाले सिद्धिचरण राजमामर्गको स्तरोन्नति र दिगो व्यवस्थापनका लागि संघीय सरकारलाई पटकपटक गुहार मागेको कटारी नगरपालिकाको भनाइ छ ।