बारामा धर्मशाला निर्माण गर्दा अनियमितता भएको भन्दै विरोधमा उत्रने वडाध्यक्षसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको परवानीपुर गाउँपालिका ५ स्थित नौतनमा रहेकाे साे धर्मशालाकाे प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्ने क्रममा विरोध गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।
आधा रकम पनि खर्च नगरि निर्माणमा व्यापक अनियमितता गरेको स्थानीयकाे अाराेप छ ।धर्मशाला निर्माणका लागि ६२ लाख छुट्याइएको थियो । पक्राउ पर्नेमा वडाअध्यक्ष रामेश्वर कलबार , अनेरास्ववियु क्रान्तिकारीका नेता बिबेक गुप्ता, हरिसन्कर गुप्ता र रुपेस गुप्ता रहेका छन् ।झडप हुन नदिन ठुलाे सख्यामा प्रहरी परिचालन गरिएकाे थियाे ।