विषालु सर्पको डसाइबाट दाङको राजपुर ७, भौवानाका शेरबहादुर सार्कीका छोरीहरु १३ वर्षीया करिष्मा र ११ वर्षीया सुजुको मृत्यु भएको छ ।
राति सँगै सुतेका दिदीबहिनीलाई बिहीबार राति सर्पले डसेको थियो । दुवैलाई विषालु सर्पले डसेपछि उपचारका लागि भारत लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
स्थानीय शिवशक्ति माविमा कक्षा ७ मा करिष्मा र कक्षा ५ मा सुजु अध्ययनरत थिए ।