प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले करको दायरा बढाए पनि जनतालाई दिनुपर्ने सुविधा बढाउन नसकेको स्वीकार गरेका छन्।
विभिन्न सन्चारमाध्यमका सम्पादकहरुसँग बिहीवार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले जनताबाट असुल्ने कर अनुसारको सुविधा उपलब्ध गराउनु सरकारको दायित्व भएपनि त्यो पूरा हुन नसकेको स्वीकार गरे ।
मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकालाई ‘ग्रीनसिटी’ बनाउने योजना व्यवहारमा उतार्नुपर्ने चुनौती रहेको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको बताए । संघीय सरकारले काम सुरु गरेको धेरै समय नभएको भन्दै थोरै समयमा कायापलट हुन्छ भनेर आशा गर्न नहुने उनको भनाई छ ।
मुख्यमन्त्री पौडेलले संघीय संरचनाअनुसार कर्मचारी समायोजन भएपनि कतिपय स्थानीय तहमा कर्मचारीको अभाव रहेकाले कामले गति लिन नसकेको उल्लेख गरे ।