मृग तर्साउन हानेको गोली लागेर डोटीको आदर्श गाउँपालिका ५, तल्लो डाँडावनमा १९ वर्षीय तपेश लुहारको मृत्यु भएको छ ।
मृगलाई तर्साउन सोही ठाउँका ५० वर्षीय जंगे भुलले भरुवा बन्दुक पड्काएका थिए । रातिमा डाँडावनमा आएका जंगली जनावर तर्साउन गोली हान्दा तपेशको टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले भरुवा बन्दुक र गोली प्रहार गर्ने जंगेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।