पोखरीमा डुबेर धनुषामा दुईजना बालकको मृत्यु भएको छ ।
गणेशमान चारनाथ नगरपालिका–१ बिरेन्द्र बजारस्थित पोखरीमा नुहाउन गएका स्थानीय दुई जना बालकको मृत्यु भएको हो ।
बुधवार दिउँसो करिब दुईबजे पोखरीमा नुहाउन पुगका स्थानीय सविन मगरका १२ वर्षीय छोरा आदित्य मगर र हरिबहादुर मगरको ११ वर्षीय छोरा आकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पोखरीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक रामेशवर कार्कीले जानकारी दिए । मृतक दुबै बालकको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको प्रहरीको उपरिक्षक कार्कीले जानकारी दिए ।