धनुषामा ५ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको औरही नगरपालिका २ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाही लालबान्दी १० का २७ वर्षीय रोशन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा लक्ष्मिनिया गाउँपालिका १, सिगंरगोडा जाने सडकमा रहेको पिपल चौताराबाट दुवैलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
ज.९प ६३९८ नम्बरको मोटरसाइकलबाट लागूऔषध गाँजा बोकेर आइरहेको गोप्य खबरका आधारमा प्रहरीको विशेष टोलीले दुवैलाई चेकजाँचका क्रममा पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।