गत साउन १ गते राती बुद्ध मूर्ति तोडफोडमा सम्लग्नहरु कारवाहीको माग गर्दै हिन्दुवादी संगठन शिवसेनादेखि मुस्लिम संघ संस्थाले पनि ध्यानाकर्षण गराएका छन् । त्यति मात्र होईन दैनिक जसो घटनाको विरोध गर्दै र दोषिलाई कारवाहीको माग गर्दै र्याली र प्रर्दशन पनि भएका छन् । राजनीतिक दलका केन्द्र देखि स्थानीय प्रतिनिधिहरुले पनि घटना जघन्य अपराधिक भएको टिप्पणी गरेका छन् । तर घटनामा सम्लग्नहरुको छेउटुप्पो फेला पर्न सकेको छैन । घटनामा सम्लग्नहरुको तत्काल पहिचान गरि कारवाहीका लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले निर्देशन दिएका छन् । उनले सुरक्षा निकायका प्रखुखहरुसंग घटनाका विषयमा छलफल समेत गरेका छन् । सुरक्षा निकायका प्रमुखहरुले अनुसन्धानका सबै विकल्पहरुको प्रयोग भैरहेको र अपराधि पक्राउ पर्ने विश्वास व्यक्त गरेका छन् । प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवलका प्रखुख डिएसपी भिमलाल भट्टराईको नेतृत्वमा अनुसन्धन टोली गठन गरेको छ । सो टोलीले स्थानियहरुसंग सोधपुछ,व्यक्तिका घरहरुमा राखिएका सिसिटिभीको फुटेज हेर्ने तथा सम्भावित व्यक्तिहरुको निगरानी गर्ने काम गरिरहेको छ । घटना भएको राती २ वजे सो सडकमा एउटा निजि गाडि गुडिरहेको दृश्य सिसिटिभीको फुटेजमा देखिएको प्रहरीस्रोतले बतायो ।
शिवसेनाले पनि अनुसन्धान गर्ने
रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित सिद्धार्थ राजमार्ग छेउमा अज्ञात समुहद्वारा बुद्धक मुर्ति माथि तोडफोड गरिएको घटनाप्रति शिव सेना नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ज्ञानका प्रतीक भगवान बुद्धको मुर्ति माथि भएको आक्रमणबाट शिव सेना नेपाल स्तब्ध भएको भन्दै अपराधीलाई सरकारले पक्राउ गर्न नसकेमा शिव सेना नेपाल आफैंले पक्राउ गर्ने र भौतिक कारबाहीको चेतावनी दिईएको छ । शिव सेना नेपाल रुपन्देहीका अध्यक्ष विपिन मल्लिकले भने, ‘समाजमा धार्मिक सद्भाव बिगार्ने गरी कुनै कुतत्वले भगवानको मूर्तिमा तोडफोड गर्छ भने त्यस्तो समूहलाई शिव सेना स्वयंमले कारबाही गर्ने क्षमता राख्छ ।’
अध्यक्ष मल्लिकले शिव सेनाको केन्द्रीय समितिले दिएको निर्देशनअनुसार अपराधीहरुको खोजी र कारबाहीका लागि शिव सैनिकहरु परिचालन भएका छन् । शिव सेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले पनि यो घटना अक्षम्य भएको उल्लेख गरेका छन् । शिव सेनाले घटनाका सम्बन्धमा अनुसन्धान र आवश्यक परे कारबाहीका लागि केन्द्रीय सदस्यहरु अनिल जयसवाल, अर्जुन न्यौपानेसमेतलाई परिचालन गरेको जनाएको छ । बुद्धको मूर्ति तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन सत्तारुढ नेकपा, नेपाली कांग्रेस, राप्रपा, विवेकशिल साझा लगायत राजनीतिक दलले पनि सरकारलाई आग्रह गरिसकेका छन् ।
मुश्लीम संघ संस्था पनि दु:खी
बुद्ध मुर्ति तोडफोडको घटनाले मुश्लीक संघ संस्थाहरुले दुख व्यक्ति गरेका छन् । उनिहरुले धार्मिकरुपमा मिलेर बसेको समाजमा विवाद ल्याउन का लागि अपराधिक तत्वले यस्ता घटाएको हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
सोमबार मूर्तिहरु तोडफोडको खबरले जिलई जमिअत अहले हदिस रुपन्देही लगयतका सम्पूर्ण लुम्बिनी बासीहरुलाई अत्यन्तै मर्माहत तुल्याएको भन्दै उक्त संस्थाले विज्ञक्ती निकालेको छ । यस्ता अमानवीय र घृणित कार्य जोसुकैबाट भए पनि अति निन्दनीय रहेको छ भन्दै विज्ञक्तीमा नेपालीहरु विभिन्न धर्म, वर्ग, र सम्प्रदायमा विश्वास गर्ने भए पनि एक अर्काको विश्वास र आस्थाप्रति सम्मान र आदर प्रकट गर्ने उल्लेख छ । जोसुकैले गरेको भए पनि यस्ता घृषित कार्य गर्ने दोषीहरुलाई कानुनी दायरामा ल्याउन सरकारसँग अपील गर्दछौं संस्थाका महासचिव अजीजुर्रहमान मुसलमानद्धारा हस्ताक्षरित विज्ञक्तीमा उल्लेख गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको मुख्य डिभाइडरमा २२ वटा बुद्धका मूर्ति स्थापना गरेको थियो । जसमध्ये केही मूर्ति बुधबार राति ५ वटा मूर्ति तोडफोड गरिएको थियो ।