नेपालबाट राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भइसकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी अर्थात् पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका अहिले सामाजिक सञ्जालमा निकै व्यस्त छिन् । सकारात्मक कुरा तथा राजदरबारसँग सम्बन्धित कुराहरु तथा आफ्ना निजी भावनाहरु उनले बेला-बेला सेयर गरिरहेकै हुन्छिन् ।
बेला-बेला आफ्ना, परिवार तथा साथीहरुका तस्बिर पनि सेयर गरिरहेकै हुन्छिन् । पूर्णिका पूर्वयुवराज पारस तथा पूर्व युवराज्ञी हिमानीकी जेठी पुत्री हुन् ।
उनले शनिबार मात्र आफ्नो फेसबुक पेजमार्फत आफ्ना भावना सार्वजनिक गरेकी छन् । उनले भनेकी छन्, 'सुन्दर रुप हुनेहरु अवश्य घमण्ड गर्लान् तर सुन्दर मन हुनेहरु कहिल्यै घमण्ड गर्दैनन् ।' उनले यो पोस्ट गरेको ३० मिनेटसम्ममै ५७० लाइक, ६२ कमेन्ट र ८ सेयर भएका छन् ।
उनले आफ्नो यो भनाइसँगै फूल खेलाउँदै गरेको सुन्दर तस्बिरसमेत सार्वजनिक गरेकी छन् ।