बाजुराको जुवाखोलामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अरु ११ जना घाइते भएका छन्। ४ जनाको अवस्था गम्भीर छ।
बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको हो। आज विहान भएको दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाही मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ।
गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ। अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ।