सोमबार वेलुका ४ बजेतिर आएको अविरल वर्षाले बुटवल बजार जलमग्न भएको छ । झण्डै एकघण्टा आएको मुसलधारे पानीले बुटवल बजार डुवेको हो । सवारीसाधन हिड्ने मुख्य राजमार्ग नै खोला जस्तै बनेको थियो ।
एक्कासी आएको पानीका कारण विद्यालयवाट घर जान हिडेको विद्यार्थी तथा सर्वासधारणहरु मर्कामा परेका थिए । वर्षासंगै बुटवलको तिनाउ नदिमा पनि वाढि आएको छ । स्थानिय प्रशासनले नदि आसपासका वस्तीका सर्वसाधारणहरुलाई सचेत रहन आग्रह गरेको छ ।
वर्षापछि आएको पहिरोका कारण पुर्वपश्चिम राजमार्गको बुटवलको पश्चिम खण्ड अवरुद्ध भएको छ । बुटवल उपमहानगरपालिका वडा न १ पाखापानीमा झरेको पहिरोका कारण राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको हो । जसका कारण बुटवलवाट पश्चिम जाने र पश्चिमवाट बुटवलतर्फ आउने सवारी तथा यात्रुहरु रोकिएका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भैरहेको जनाएको छ ।
यता दिनभर अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल –तानसेन सडकखण्ड भने सुचारु भएको छ । सडक छेउछाउका ढुङगा र पहिरो हटाउन बिहान १० बजेदेखि सडक बन्द गरीएको थियो ।