धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराएको आरोपम ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना, सन्तबहादुर थापा र कञ्चनपुर बेलौरीका अक्षय राना रहेको प्रहरिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार होटलमा देहव्यापार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले ती व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
शनिबार राति उनीहरुलाई पक्राउ गरिएकामा प्रहरीले सोमबार मात्र घटना सार्वजनिक गरेको हो ।