कपिलबस्तुको शिवराज नगरपालिका वडा नं. १ वनकसवासामा ४८ वर्ष पछि विजुली पुगेको छ ।सो गाँउ ४८ वर्ष देखि अन्धकार रहेको थियो । विजुली पुगेपछि त्यहाका बासिन्दा हर्षीतभएका छन् ।वनकसवासामा विद्युत नहुदा त्यहाका बासिन्दा धेरै समस्या भोग्न वाध्य भएका थिए ।
विजुलीको कपिलवस्तु निर्वाचन क्षेत्र न ३ ख का प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले स्वीच अन गरेर उदघाटन गरे । विजुली नहुदा कष्टकर जिवन विताएर अध्ययन गरिरहेका वालवालीका विजुली पुगेपछि सवैभन्दा खुसी भएका छन ।
शिवराज नगरपालीका वडा न १ को १० लाख र नेपाल विद्युत प्राधिकरणको ४० लाखको लागतमा विजुली पुराउन सफल भएको नेपाल विधुत प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगंजाले वताए । प्रमुख अगंजाले सवैको सहयोगले काम सुरु गरेको तीन महिनाको समय अवधीमा विजुली वाल्न सफल भएको बताए। उनले शिवराज नगरपालीकाको वनकसवासा र विजयनगर गांउपालीकाको जवावैराठ जिल्लामा पुरानो वस्ती भएपनि विजुली पुग्न नसकेको कुरालाई स्मरण गर्दै यस वर्ष दुवै ठांउमा विजुली वाल्न सफल भएपछि खुसीको अनुभूति भएको बताए ।
वि.स २०२८ सालमा महेन्द्रराज मार्ग विस्तार हुनेवेला वसेको वस्तीमा ४८ वर्ष पछि विजुली पुगेको हो । विजुली नहुदा ७२ घर भएको गांउलेले जेनेटर चलाएर टयुवेल वाट पानी उपभोग गर्दै आएका थिए ।