अविरल वर्षापछि आएको बाढीले धनुषामा निर्माणाधीन पुल भत्किएको छ । क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलामा निर्माणाधीन पुल भत्किएको हो ।
पुल निर्माणमा कमसल र गुणस्तरहीन सामग्री प्रयोग भएकाले निर्माणाधीन अवस्थामै पुल भत्केको स्थानीयहरु बताउँछन् ।
रोशन कन्ट्रक्सनले झन्डै ६ वर्षदेखि निर्माण गर्दै आएको पुल अझैसम्म अधुरो अवस्थामा थियो । शुक्रबार राति आएको बाढीमा पुल भत्किएको स्थानीयको भनाइ छ । भौतिक पुर्वाधारमन्त्री रघुवीर महासेठले यो पुलको शिलान्यास गरेका थिए ।