महोत्तरी बर्दिबास नगरपालिकामा पर्ने भप्सी पुल भत्किएको छ । पुल भत्किपछि पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध भएसँगै सवारी साधन तथा यात्रु अलपत्र परेका छन् ।
महोत्तरीका प्रजिअ उमेश ढकालले राजमार्ग अवरुद्ध बनेको र आवत-जावतका लागि विकल्प के हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरेको जनाएका छन् ।
लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ । जतातै डुबान परेको छ । खोलामा पानीको सतह बढेको छ । सडक जलमग्न भएका छन् ।